नयाँ दिल्ली:
आईफोन प्रयोगकर्ताहरुका लागि एउटा खुसीको खबर आएको छ । अबको केही महिनामै विश्वचर्चित अमेरिकन कम्पनी एप्पलले आईफोन भारतमै उत्पादन गर्ने भएको छ।
भारतमै आईफोन बन्न थालेपछि यसको मूल्यमा पनि कमी आउने अनुमान गरिएको छ । आईफोनले आफ्नो पहिलो निर्माण युनिट बेङ्गलुरूमा स्थापनाको तयारी थालेको छ ।
यसबारेमा भारतीय सरकारले एक विज्ञप्ती जारी गर्दै एप्पलले आईफोन उत्पादनका लागि ‘प्राराम्भीक निर्माण कार्य’ थाल्न कम्पनीको स्वागत गरेको छ ।
कर्णाटक प्रदेशका सूचना प्रविधित मन्त्री प्रियङ्का खडकले विज्ञप्तीमा एप्पलले बेङ्गलुरूमा आईफोन निर्माण कम्पनी निर्माण शुरू गर्न चाहेको बताएकी छन् ।
यस्तो हुँदा अमेरिकामा रहेको आधुनिक प्रविधि भारतसम्म आउनेछ । यसले दक्षिण एसियामा आईफोन सस्तो हुनेछ ।
कर्णाटक सरकारले मिति तय नगरेपनि केही महिनाभित्रैबाट एप्पले बेंगलुरुमा आईफोन उत्पादन कम्पनी खोल्ने तयारी थालेको छ ।
समाचार अनुसार यसै सालको मध्यसम्ममा बेंगलुरुमा आईफोन उत्पादन युनिट सञ्चालमा आइसक्नेछ ।
एप्पलले आईफोन एसेम्बल गर्ने देशमा अब भारत तेस्रो देश हुनेछ । एप्पलको यो निर्णयले मेक इन इन्डियालाई पनि गति मिल्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Share To:

Unknown

Post A Comment:

0 comments so far,add yours